![]() |
भाद्र २, २०७३- सरकारले गतवर्षदेखि सञ्चालनमा आएको पूर्वी तराई जोड्ने वीपी राजमार्गबाट कुदने सार्वजनिक सवारी साधनहरुका लागि भाडा तय गरेको छ । उक्त राजमार्गमा मनपरी भाडा असुल हुँदै आएको छ । कोटेश्वरबाट अहिले पर्व तथा मध्य तराई र पहाडका जिल्लाका लागि दैनिक सयौं साना सार्वजनिक यातायातहरु सञ्चालनमा छन् ।
यातायात व्यवस्था विभागले दुरी अनुसार नयाँ भाडादर बिहीबार सार्वजनिक गरेको हो । काठमाडौंको नयाँ बसपार्कदेखि धुलिखेल-खुर्कोट- सिन्धुली हुँदै बर्दिबास सम्मको २ सय किलोमिटरका लागि ५ सय ३३ रुपैयाँ भाडा तोकिएको छ । कोटेश्वरबाट खुल्ने टाटा सुमो, माइक्रो लगायतका साना गाडीहरुले त्यहाँ सम्मको ७ सय रुपैयाँ असुल्दै आएका छन् । बर्दिबासबाट २९ किमी थपिएर जनकपुर पुग्दा ९ सय रुपैयाँ भाडा लिदै आएकोमा अब जनकपुरसम्मको भाडा ५ सय ७१ रुपैयाँ तोकिएको छ ।
विभागले आफ्नो वेभ साइटमा राखेको भाडा दरमा धुलिखेलसम्म(२५ किमी) र सिन्धुलीमाढी बर्दिबास(३८ किमी) प्रतिकिलोमिटर १ रुपैयाँ ८० पैसा तोकेको छ । त्यस्तै धुलखेल- भकुण्डेवेसी(२१ किमी), भकुण्डेवेसी-नेपालथोक(३० किमी) को प्रतिकिलोमिटर ३ रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी उक्त राजमार्गकै नेपालथोक-खुर्कोट(३५ किमी) र खुर्कोट-सिन्धुलीमाढी(३९ किमी) दुरीमा प्रति किलोमिटर ३ रुपैयाँ ५० पैसा भाडादर तोकिएको छ । उक्त दर अनुसार वीपी राजमार्ग हुँदै मध्य तथा पूर्वी पहाड र तराईका जिल्ला सम्मको भाडा दर निर्धारण गरिएको हो ।
जलेश्वर(२४७ किमी) को ६ सय २, राजविराज(३०७ किमी)को ७ सय ५, विराटनगर(३९४ किमी) को ८ सय ५६, धरान(३९१ किमी) ८ सय ५१, धनकुटा(४४० किमी) को ९ सय ९२, काँकडभिट्टा(४६२ किमी) को ९ सय ७४ रुपैयाँ भाडा कायम गरिएको छ ।
मन्थली(१४० किमी) को ३ सय ८१, चरिकोट(१९८ किमी) को ५ सय ७३, जिरी(२२० किमी) को ६ सय ५३ रुपैयाँ तोकिएको छ ।
![]() |





ConversionConversion EmoticonEmoticon