Was severely beaten by police karyalayabhitrai entrepreneurs!


इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए ।तर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट (पेन्टर) व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ ।

स्थानीय संगीत चोकमा रहेको न्यु रेम्बो आट्र्स एन्ड नाइलन स्ट्याम्पका कर्मचारी मनोज पञ्जियारलाई प्रहरीले शुक्रबार दिउँसो ३ बजे कार्यालयभित्रै लगेर कुटेका हुन् । उनको देब्रे गाला सुन्निएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रहरी कार्यालय इटहरीले नयाँ डिएसपीको नेमप्लेट, वालपेन्ट बनाउन न्यु रेम्बो आट्र्सका सञ्चालक शिवकुमार कटुवाललाई जिम्मा दिएको थियो । सोहीअनुसार पञ्जियारले डिएसपी सुवेदीको कार्यकक्षको टेबलमा राख्ने नेमप्लेट, वालपेन्टमा नाम लेखेका थिए ।

त्यसैगरी कार्यालयमा राखिएको डिएपीको नाम भएको बोर्डमा पनि उनले सुवेदी हाजिर भएदेखिको मिति राखेर नाम लेखेका थिए । नेमप्लेट, वालपेन्ट र बोर्डमा नाम लेखेबापत पञ्जियारले ६ सय रुपैयाँको बिल बनाएर इलाका प्रहरी कार्यालय इटहरीको लेखाशाखामा दिएका थिए ।

तर, लेखाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्ऽ पोखरेलले बिल हेर्नसाथ ‘यति जाबो लेखेको पनि ६ सय’ भन्दै पैसा नदिने बताए । पञ्जियारलाई पनि कार्यालयबाट बाहिर जान आदेश दिए ।

पञ्जियारले मिहिनेतको पैसा दिन आग्रह गरे । पञयिारले भने, ‘पोखरेलले तैँले लेखेको सबै मेट भने धम्क्याए । मेटेको पनि पैसा लाग्छ सर, भन्दा पोखरेलसहित तीनजना प्रहरीले कार्यालयभित्र अनुहार, टाउको र ढाडमा मुक्का र लात्ती बर्साए ।’
Previous
Next Post »