इतिहास बोकेको साझा यातायातले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै उपत्यकामा थप ३० वटा बस सुरु गर्ने तयारी गरेको छ ।
साझा यातायातका कामु निर्देशक पाण्डेका अनुसार ढिलोमा असोजको पहिलो सातादेखि उपत्यकामा साझाका नयाँ बस गुढ्नेछन् ।
प्रधानमन्त्री दाहालसँगको छलफलमा साझालाई थप वृहत्तर बनाइ उपत्यका बाहिर कसरी सेवा विविधिकरण गर्ने भन्नेबारे पनि छलफल भएको छ ।
साझाको सेवा विविधिकरण गर्नेबारे प्रधानमन्त्री सकारात्मक हुनुभएको र त्यसका लागि आवश्यक सबैखाले सहयोग गर्ने बचन दिनुभएको कामु निर्देशक पाण्डेले उल्लेख गर्नुभयो ।
साझाले हाल उपत्यकामा तीन वटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ । अब आउने नयाँ ३० वटा बस पनि अहिले भइरहेका रुटमा केही र अन्य रत्नपार्कदेखि भक्तपुर रुटमा गुडाउने साझाको तयारी छ । रासस
ConversionConversion EmoticonEmoticon