काठमाण्डौं, २ भदौ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले चार निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले गरेका निर्णय यसप्रकार रहेका छन् ।
१. तराई–मधेस आन्दोलनका क्रममा मारिएका ११ जना सुरक्षाकर्मी र ४१ जना आन्दोलनकारीका परिवारलाई १० लाखको दरले क्षतिपूर्ति दिने ।
२. काबुल घटनामा परी मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने क्रममा लागेको खर्च सरकारले तुरुन्त भुक्तानी गर्ने ।
३. तराई–मधेश आन्दोलनका क्रममा भएको भौतिक क्षतिको छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिसचन्द्र लालको नेतृत्वमा ७ सदस्ययीय आयोग गठन गर्ने ।
४. स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विद्येयक तयार पार्ने सैद्धान्तिक स्वीकृति दिने ।
निर्णय नम्बर २ मा यसअघि केपी ओली नेतृत्वको सरकारले आफगानिस्तानको काबुलमा भएको आतंकवादी घटनामा मृत्यु भएका नेपालीलाई सरकारी खर्चमा नेपाल ल्याउने निर्णय गरेता पनि पैंसा भुक्तानी गरेको थिएन ।
पैंसा भुक्तानी नहुँदा सम्बन्धित पक्ष दौडधुप गरिरहेको थियो । सोही रकम प्रचण्ड सरकारले भुक्तानी गर्ने निर्णय गरेका हुन् ।
ConversionConversion EmoticonEmoticon