Bhaktapur scooter rider dies in road accident

भाद्र १०, २०७३- भक्तपुरबाट काठमाडौ तर्फ गइरहेको ट्रकले सोही दिशातर्फ गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार यात्रुको मृत्यु भएको छ ।

सूर्यविनायक तीनकुने ६ लेन सडकखण्ड अन्र्तगत गठ्ठाघर चोकस्थित बस बिसौनीमा ना ५ ख ७८१३ नम्बरकको ट्रकले पछाडिबाट बा ७१ प २३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार धादिङ्ग घरभई काठमाडौं तारकेश्वर नगरपालिका–८ बस्ने २७ वर्षीय औसीर तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि रोकिराखेको बसमा ठोक्किएर घाइते भएका तामाङ्गको उपचारको क्रमममा मध्यपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी शेखर खनालले बताए ।

स्कुटर चालक धादिङ्गकै रामबहादुर तामाङ्ग भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिएर फरार ट्रक र ट्रक चालक काभ्रेका ४२ वर्षीय आनन्द खड्कालाई प्रहरीले कोटेश्वरबाट नियन्त्रणमा लिएको खनालले बताए ।

Previous
Next Post »