![]() |
भाद्र १०, २०७३- एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले ओली नेतृत्वको सरकारले ल्याएका जनपक्षिय योजनाहरु वर्तमान सरकारले उच्च प्राथमिकता दिन जरुरी रहेको बताएका छन् । उनले ओली सरकारका प्राथमिकताका योजना वेवास्ता गरे दवावमुलक आन्दोलन गर्ने बताए ।
प्रेस चौतारी नेपालले सुक्रवार सदरमुकाममा आयोजना गरेको पत्रकार भेलामा पोखरेलले उक्त कुरा बताएका हुन् । एमालेले प्रतिपक्षमा रहेरै सरकारले ल्याएका जनहितका कार्यलाई साथ दिने भन्दै उनले ओली नेतृत्वको सरकारका महत्वपूर्ण योजना निरन्तरता नदिए दवाव दिन पछि नपर्ने उल्लेख गरे । तर आन्दोलनको प्रकृति कस्तो हुनेबारे उनले बेला आएपछि तय गरिने बताए ।
अर्को प्रसंगमा पोखरेलले ओली नेतृत्वको सरकार हटाएर कांग्रेस र माओवादीले गम्भीर गल्ती गरेको दाबी गरे । संविधान कार्यान्वयनका लागि राष्टिय सहमतिको सरकार निर्माण गर्नुका साटो सरकार गिराउने काम गरेर गल्ती गरेको उनको भनाई थियो । लोकप्रिय भएकै कारण एमाले सरकारलाई गिराउने खेल भएको उनले बताए । ‘जब एमालेको जनपक्षिय कार्यक्रमले लोकप्रियता बढ्छ, तब सरकार ढालिने गरिन्छ,’ उनले भने, 'विगतमा मनमोहन अधिकारीको र अहिले ओली नेतृत्वको सरकार दुवै लोकप्रियता भएकैका कारण ढालिएका हुन् ।’
पोखरेलले अर्को प्रसंगमा नेपालमा सरकार परिवर्तन हुँदा छिमेकी मुलुकमा खुसीयाली मनाइने गरिनु राष्टिय हितको प्रतिकूल रहेको टिप्पणी गरे । मुलुकको राजनीति जटिल मोडमा पुगेको भन्दै पोखरेलले यसपरिस्थितिलाई सहि दिसातर्फ लैजान सबै दलहरुको सकारात्मक भूमिका हुनु पर्ने उनको जोड थियो ।
![]() |


ConversionConversion EmoticonEmoticon