Dare to grow glaciers, Nirmal Niwas directly daksinakalitira


काठमाडौं, ९ भदौ । घरपरिवारको रेखदेख र समाज सेवाप्रति गम्भीर भएर ध्यान दिंदै आएकी पूर्व युवराज्ञी हिमानी शाह फेरि सामाजिक कार्यप्रति तल्लिन हुन थालेकी छिन् ।
उनले धार्मिक कार्यका नाममा विभिन्न स्थानमा गएर आफ्ना समर्थकहरूको दुःख सुःखका कुरा सुन्ने गरेकी हुन् ।
सोमबार बिहान पूर्व युबराज्ञी हिमानीले आफ्नो इष्ट देवी दक्षिणकाली माताको मन्दिर गई पूजाआर्चना गरेकी छिन् । मन्दिरभित्र बसेर केही समयसम्म हिमानीले माताको पूजा गरेकी थिइन् ।
दक्षिणकाली माताको पूजाआर्चना पश्चात हिमानीले गोपालेश्वर तथा फर्पिङको शेषनारायण मन्दिरमा पूजा गरेको स्थानीयले बताएका छन् ।
शेषनारायण मन्दिरको दर्शनसँगै हिमानी शाहले नजिकै रहेको गुम्बामा पुगेर गुम्बाको अवलोकन गरेकी थिइन् । हिमानीले मठ–मन्दिरहरूमा बिधिबत रूपमा पूजाअर्चना गरी पुजारी तथा गुरुज्यूहरूबाट आशीर्वाद लिएको जनाइएको छ ।
सधैं निर्मल निवासमा बस्ने गरेकी हिमानी त्यहाँबाट बाहिरिने वित्तिकै सामाजिक कार्यहरूमा लाग्ने गरेकी हुन् । हिमानीको पति पारससँग सम्बन्ध विग्रिएका समाचार बेला बेला आउने पनि गरेका छन् ।
ती समाचारहरूको निर्मल निवासले कहिल्यै खण्डन गरेको छैन । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफू विरुद्ध आउने समाचारको कहिल्यै खण्डन गर्दैनन् । उनलाई कसैले प्रश्न सोध्यो भने त्यसको हाँसेर सहज रुपमा जवाफ दिने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
Previous
Next Post »