Dashain and Tihar festivals do not lack any daily consumer goods: Prime Minister Dahal


काठमाडौँ, ११ भदौ - प्रधानमन्त्री पुष्पकमल दाहालले यो वर्षको दसैँ र तिहारजस्ता चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताउनुभएको छ ।

हरेक वर्षजसो दसैँ तिहारजस्ता चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको अभाव यो वर्ष हुनेछैन, नेपाल टेलिभिजनद्वारा शनिबार प्रसारित कार्यक्रम ‘सिधाकुरा प्रधानमन्त्रीसँग’मा आज कुरा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो –“यो वर्ष यातायातको पनि कुनै समस्या हुनेछैन ।”

आमजनताको जीवनमा प्रत्यक्ष अनुभूति हुनेगरी सूचना तथा सञ्चारलाई जोड्ने र त्यसको सदुपयोग कसरी गर्ने भन्नेबारेमा गम्भीर छलफल भइरहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भइरहेका सवारी दुर्घटना न्यूनीकरण गर्न पहल भइरहेको पनि बताउनुभयो ।

उहाँले भारत र चीन दुवै छिमेकी मुलुकलाई नेपालको सहयोगीका रूपमा राख्ने वातावरण सिर्जना गर्नेतर्फ आफ्नो आगामी भ्रमण केन्द्रित हुने प्रष्ट पार्नुभयो ।

विदेशमा रहेका लाखाँै नेपालीले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्नेतर्फ आफू प्रधानमन्त्री भएकै दिनदेखि नै प्रयास गरेको र त्यसका लागि नीतिगत सुधार गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले समाजमा पछि परेका समुदायलाई अगाडि ल्याउने उद्देश्यले पनि समानुपातिक सिद्धान्त लागू गरिएको हो भन्नुभयो । रासस
Previous
Next Post »