![]() |
बालाजु प्रहरीले २०० लिटर अवैध मदिरा जफत गरी नष्ट गरेको छ । अवैध ढङ्गबाट काठमाडौँ ल्याउँदै गरेको मदिरा प्रहरीले तिनपिप्लेमा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
मदिरा नष्ट
नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बसमा राखिएको २०० लिटर मदिरा प्रहरीले ताराकेश्वर नगरपालिकाको तिनपिप्लेबाट नियन्त्रण लिएको थियो । अवैध तरिकाले मदिरा ल्याउनु र विक्री वितरण गर्नु कानुन विपरित भएको भन्दै नष्ट गरिएको बालाजुका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङ्गले बताउनुभयो । प्रहरीले काठमाडौँ भित्र मदिरा विक्री वितरण र ओसार पसारमा रोक लगाउँदै आएको छ।
![]() |


ConversionConversion EmoticonEmoticon