![]() |
भारतको हिमाञ्चल प्रदेशमा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। सिम्ला जिल्लाको हिमाञ्चल प्रदेशमा मुसलधारे पानीसँगै आएको बाढीमा परी एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो। ‘मृतक सवैको शव भेटिएको छ।
जिवितै भेटिएका एकजना बहिरा छन् र उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ,’ डेपुटी कमिस्नर रोहन ठाकुरले भने। बाढीमा परी ज्यान गुमाउनेहरुमा लछिराम, उनकी श्रीमती र तीनजना बच्चा छन्।
उनीहरु नेपालको कुन ठाउँका हुन् भन्नेबारे भने खुलाइएको छैन। गत आइतबार बाढीमा परेर उनीहरुको ज्यान गएको भएपनि यसबारेमा भने प्रहरीले शुक्रवारमात्रै जानकारी दिएको संचार माध्यमले जनाएका छन् ।
![]() |


ConversionConversion EmoticonEmoticon