Sunsari and Morang old bridge linking risk


इनरुवा । दुई जिल्लाको सिमानाका रुपमा रहेको बूढी खोलाको पुल उच्च जोखिममा परेको छ ।पूर्वी नेपालको सुनसरी र मोरङ जिल्लाको सीमामा रहेको सो पुल नजिक कटान बढिरहेको छ । बाढीको बेला भएको कटान, पुल निर्माणको बेला बनाइएको अव्यवस्थित स्पर र अवैध गिट्टी बालुवा निकासीका कारणले पुल उच्च जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

कटानका कारणले पुलको तल राखिएको पिलर सतहभन्दा माथि आएको र पुलमा ठूलो सवारी साधन आउजाउ गर्दा हल्लिने गरेकाले पुल उच्च जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका हुन । मर्मतसम्भार र संरक्षणको प्रयास नभएको बेला तीन महिनासम्म कुनै पनि खोलानाला र नदीबाट ढुङ्गा, गिट्टी र बालुवा निकासीमा रोक लगाइएको भए पनि बूढीखोलामा अवैधरुपमा बालुवा निकासीको काम भइरहेका कारणले पनि पुल उच्च जोेखिममा परेको छ ।
Previous
Next Post »