![]() |
अङ्कारा (टर्की), ८ भदौ - टर्कीद्वारा उत्तरी सिरियामा इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध गरेको हवाई तथा स्थल आक्रमणमा कम्तिमा ४६ आईएस लडाकूको मृत्यु भएको डोगान न्युज एजेन्सीले जनाएको छ।
उत्तरी सिरियामा टर्कीले सिरियाली विद्रोही फ्री सिरियन आर्मीलाई सहयोग गर्दै चार वटा गाउँलाई आईएस लडाकूबाट मुक्त गराएको डोगान न्युज एजेन्सीले बताएको छ। टर्कीले उक्त क्षेत्रमा टर्कीका युद्धक विमान, युद्धक ट्याङ्कर र छोटो दुरीमा गोला बारुद वर्षाएर आक्रमण गरेको भन्दै सिरिया सरकारले त्यसो नगर्न टर्कीलाई आग्रह गरेको छ।
सिरियाली अधिकारीले कारबाही सिरियासँगको सहकार्यमा मात्र गर्नुपर्ने भन्दै उत्तरी सिरियामा गरिएको सैन्य कारबाहीप्रति असन्तुष्टि जनाएको छ। सिरियाली विदेश मन्त्रालयले बुधबार नै टर्कीद्वारा आफ्नो भूमिमाथि भएको हस्तक्षेपको निन्दा गर्दै आतङ्कवादी अभियान सिरियाली सरकारसँगको सहकार्यमा गराउन आग्रह गरेको हो ।
टर्कीबाट प्राप्त सूचनाअनुसार टर्कीको विशेष सैन्य बल सिरियाली सीमास्थित जराब्लस सहरमा टर्कीको हवाई दस्ता एवम् अमेरिकी नेतृत्वको गठबन्धनको रुपमा प्रवेश गरेका टर्कीको सवाह दैनिकले जनाएको छ । रासस/सिन्ह्वा
![]() |


ConversionConversion EmoticonEmoticon