![]() |
विराटनगरःवाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई निरन्तरता दिंदै बुधबार खाद्यान्न होलसेल पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा विराटनगर–७ मा रहेको दीप ट्रेडिङ, विराटनगर–६ मा रहेको श्याम ट्रेडिङ कन्सर्न र श्रीसुमन टेडर्सको अनुगमन गरेको हो ।
अनुगनका क्रममा दीप ट्रेिडङ, श्याम ट्रेडिङ कन्सर्नलाई गोदाम सफा राख्न, खाद्य सामग्री र साबुन एकै ठाउँमा राखिएकाले छुट्टै राख्न निर्देशन दिइएको थियो । यसैगरी टोलीले श्री सुमन टेडर्सबाट माता पाथीभरा नुडल्स उद्योग खनार सुनसरीबाट उत्पादित म्याजिक नुडल्समा उत्पादन मिति नपाएको र नुडल्समा घुन परेकाले ७४ हजार मूल्य बराबरको १ सय ३५ कार्टुन नुडल्स जफत गरी नष्ट गरेको छ ।
अनुगमनका क्रममा दोषी देखिएकाहरुलाई प्रचलित नियमअनुसार कारबाही गर्ने वाणिज्य कार्यालय विराटनगरका प्रमुख नयराज नेपाललले बताउनुभयो ।
टोलीले अनुगमनलाई निरन्तरता दिएर बजारमा मौलाएको कालोबजारी र बेथितीलाई नियन्त्रणमा लिने जनाएको छ ।
![]() |


ConversionConversion EmoticonEmoticon