KC's movement is justified, to address the demands worst fear: Health Minister Thapa


स्वास्थ्य मन्त्री गगनकुमार थापाले चिकित्सा क्षेत्रमा रहेको विकृतिविरुद्ध उठेको आन्दोलनप्रति आफु सचेत रहेको बताउनु भएको छ । उहाँले प्राध्यापक डाक्टर गोविन्द केसीको आन्दोलन जायज रहेको बताउदै केसीको माग सम्बोधन गर्न आफु पछि नपर्ने प्रष्ट पार्नुभयो ।

सपथग्रहणसँगै शुक्रवार पदभार सम्हाल्नुभएका नवनियुक्त स्वास्थ्य मन्त्री थापाले आफुले पाएको जिम्मेवारीलाई सामान्य जिम्मेवारीको रुपमा नलिएको प्रष्ट पार्नुभयो । उहाँले स्वास्थ्य मन्त्रीको रुपमा आफुले गर्ने काले युवा पुस्ताको क्षमतालाई नै प्रमाणित गरेर देखाउने दावी गर्नुभयो । उहाँले आफू पनि नागरिक तथा सामाजिक आन्दोलनको रापवाट आएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यामान विकृतिविरुद्धको नागररिक आन्दोलन पुनः उठ्नै नपर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य क्षेत्रका विकृतिविरुद्धको आन्दोलनप्रति सचेत रहेको उल्लेख गर्दै आन्दोलनको सम्वोधन आफ्नो नैतिक दायित्व भएको प्रष्ट पार्नुभयो । चिकित्सक गोविन्द केसीको आन्दोलनतर्फ संकेत गर्दै मन्त्री थापाले त्यस्ता आन्दोलन पुनः उठ्न नपर्ने गरी टुङ्ग्याइने जिकीर गर्नुभयो । थापाले डाक्टर केसीको आन्दोलनलाई यस अघि पनि अनशनस्थलमा नै पुगेर ऐक्यवद्धता जाहेर गर्दै आउनु भएको थियो ।
Previous
Next Post »