![]() |
नेपाली गीत सङ्गीत क्षेत्रमा सानै उमेरमा प्रतिभा देखाउने गायकहरु पनि धेरै छन् । त्यस्तै सानै उमेरको चर्चा सँगै अल्पायुमै संनसार छाड्ने गायकहरु पनि धेरैनै रहेका छन । त्यसमा पनि केही नाम छन् जो सानै उमेरमा चर्चाको सगमाथामा पुगे, श्रोताहरुको मन जिते तर अल्पायुमै संसार पनि छाड्न बाध्य भए ।
आज हामीले केही यस्ता पाँच ब्यक्तिहरुको बारेमा लेख्नगईरहेका छौं :
१.गायक खेम राज गुरुङ– वारी जमुना पारी जमुना बोलको गीत सुन्ने बित्तिकै हामीले गायक खेमराज गुरुङलाई सम्झन्छौं । यो गीत बजारमा आउनासाथ गायक गुरुङको चर्चा एकाएक चुलिएको थियो । पूर्वेली हाक्पारे शैलीमा गाइएको यो गीत एक कान–दुई कान–मैदान भनेजस्तो देश–विदेशका नेपाली श्रोताहरुसम्म फैलियो । उनको ४२ वर्षको उमेरमा बिहीबार साँझ ५ः५० बजे मेडिकेयर अस्पतालमा निधन भएको छ । उनको मुटु र मृगौलाको समस्याको कारण अल्पायुमै निधन भएको हो । संखुवासभाको खाँदबारीमा जन्मिएका गायक गुरुङले पूर्वेली लोकभाकाबाट लोकप्रियता आर्जन गरेका थिए ।
२.लोक बहादुर क्षेत्रि – गायक क्षेत्रीको ‘छमछम नाचिदेऊ निहुरेर’, ‘न्याउली रुँदै के भन्छ, आधा सन्च, आधा बिसन्च’ लगायतका गीतहरुलाई श्रोताहरुले निकै रुचाएका थिए । चालिसको दशकमा रेडियो नेपालमा बज्ने र श्रोताले अनुरोध समेत गर्ने यी गीतहरुका गायक लोकबहादुर क्षेत्री पनि ३२ वर्षको अल्पायु उमेरमै बितेका थिए । उनको नवलपरासीको बर्दघाटमा भएको मोटरसाइकलमा दुर्घटनामा परेर निधन भएको थियो । एफएम रेडियो र युट्युबको चल्ती नभएको समयमा पनि उनका गीतहरुलाई गाउँगाउँमा श्रोताहरु गुन्गुनाउने गर्थे । गायक क्षेत्रील ‘रातो घाम’, ‘नवलपुरे दाइ’ ‘औंठी हीराका’े ‘गाईको चरन’, जस्ता गीती एल्बमहरू निकालेका थिए ।
३.अरुण थापा – बि.सं.२०४०को दशक तिर गायक अरुण थापाको ‘भुलुँ भुलुँ लाग्यो मलाई’, ‘चोट के हो? व्यथा के हो?’ जस्ता गीतहरुलाई श्रोताहरुले निकै रुचाइएका थिए । गायक थापाको नाम ३० वर्ष नपुग्दै श्रोताहरुबीचमा कहलीएकोथियो । गायक थापाको अब्यावस्थित खानपिनका कारण २०५७ सालमा ४७ वर्षको अल्पायु उमेरमै बितेका बितेका थिए ।
४.सोम बज्राचार्य – पोखराको गायक सोम बज्रचार्य पनि ४६ वर्षको उमेरमै बितेका थिए । उनको ‘हितकारी माया’ लोकगीतका पारखीदेखि सुगम सङ्गीतका श्रोतासम्मले पनि रुचाएको गीत हो । उनका लोक लयमा आधारित भजन र अन्य गीतलाई पनि श्रोताहरुले रुचाइएका थिए । वज्राचार्यले भजन गीतहरुका तीन वटा छुट्टाछुट्टै शृंखला एल्बम पनि निकालेका थिए । उनको ‘हत्केलाले छेकिएको घाम’ रुचाइएको गीति एल्बम हो ।
५.कुल पोखरेल – पप गायकका रुपमा परिचय बनाउँदै गरेका कुल पोखरेल २३ वर्षको सानै उमेरमा बिते । छोटो समयमा राम्रो प्रतिभा प्रदर्शन गरीरहेका गायक कुलले २०६१ सालमा आफैले आत्महत्याको बाटो रोजेका थिए ।
यसरी सानै उमेरमा चर्चामा आउन सफल भएर पनि सानै उमेरमा भगवानको घर जाने गायकहरु हामी सामु नभए पनि उनिहरुले गीत संगीत क्षेत्रमा दिएको योगदान सँधै अमर रहीरहनेछन् ।
![]() |






ConversionConversion EmoticonEmoticon