North Korea can throw at sea, steering kill another missile test


उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले समुद्रको सतहमुनिबाट पनि मार हान्न सक्ने मिसाइल परीक्षण हो ।
उत्तर कोरियाले गत महिना असफल भएको ब्यालेस्टिक मिसाइल नै अहिले परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परमाणु हतियार बनाएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको भएपनि उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ ।
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्दै आएकोमा उत्तर कोरियोले त्यसको विरोध गर्दै आएको छ । गत महिना अमेरिका र दक्षिण कोरियाबीच उत्तर कोरियाविरुद्ध मिसाइल सुरक्षा प्रणाली तैनाथ गर्ने सहमति भएको थियो ।
Previous
Next Post »