Over the last three days of labor pains


८ भदौ - विगत तीन दिनदेखि प्रसव व्यथाले छटपटाइरहेकी सप्तरीको गोबरगाढा गाउँकी झुनादेवी यादवलाई बुधबार सशस्त्र प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएका छन्।

स्थानीय सन्चारकर्मी श्यामसुन्दर यादवको विशेष पहलमा बुधबार सशस्त्र प्रहरी बेस क्याम्पबाट प्रहरी निरीक्षक लालबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले स्टेचरमा बोकेर अस्पताल पुर्‍याएको हो।

झुनाको स्तनमा संक्रमण रहेको र ज्वरोसमेत आएको अस्पतालकी चिकित्सक डा। दीपा यादवले जानकारी दिइन् । झुनाका पति दुःखी यादव रोजगारीका लागि भारत गएका छन्।

Previous
Next Post »