"The Prime Minister of India, the new ambassador of the closure '


भाद्र ११, २०७३- परराष्ट्रमन्त्री प्रकाश शरणमहतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि नै नयाँ दिल्लीमा राजदूत नियुक्त गर्ने संकेत गरेका छन् ।

काठमाडौंमा शनिबार भएको साक्षात्कारमा मन्त्री महतले छिमेकी मुलुक भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ति हुने बताए । प्रधानमन्त्रीको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ति गर्नेबारे कुराकानी भइरहेको पनि स्पष्ट पार ।

मन्त्री महतले आर्थिक रुपले प्रगति गरिरहेका दुई ठुला छिमेकी राष्ट्र भारत र चीनबाट नेपालले बढीभन्दा बढी फाइदा लिन सक्ने गरि विश्वासको आधारमा सम्बन्ध विकसित गरि अघि बढ्ने बताए ।

महतले मधेसवादी दलसँग भएको सहमतिबमोजिम सबै माग पूरा गर्दै जाने बताए ।

Previous
Next Post »