![]() |
टर्कीको दक्षिण पश्चिमको जीजर शहरमा सुरक्षाकर्मीको भवनलाई लक्षित गरी गराइएको बम विस्फोटमा कम्तिमा पनि ११ सुरक्षाकर्मीको ज्यान गएको छ । आक्रमणमा ७० जना भन्दा बढी घाईते भएका छन् ।
बम विस्फोटका कारण प्रहरी बस्ने भवन क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा अन्य थुप्रै मारिएको आशंका गरिएपनि हालसम्म ८ जनाको मात्र ज्यान गएको पुष्टि भएको छ ।
घाईतेहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भईरहेको छ भने घाईते मध्ये केहिको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमण कसले र किन गराएको हो भन्ने अहिलेसम्म पनि खुलेको छैन । टर्कीका सञ्चारमाध्यमहरुले भने प्रतिबन्धित संगठन कुर्दिस्तान वर्कर्स पार्टी अर्थात् पीकेकेले गराएको बताएका छन् । जीजरा शहरमा सरकारी सुरक्षाकर्मी र पीकेकेबीच जारी संघर्षका कारण पछिल्लो केहि महिनादेखि धेरै पटक कफ्र्यु लगाइएको छ । संघर्ष र कफ्र्यूका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ ।
![]() |




ConversionConversion EmoticonEmoticon