![]() |
धनुषामा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जनकपुर—ढल्केबर सडक खण्डको हजरा चोकमा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट एक जना गम्भिर घाईते भएका छन् ।
मृत्यु हुनेमा सर्लाही गौरीशंकर गाविस वडा नं. १ निवासी वर्ष ३२ का मुकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अर्का मृतकको हालसम्म सनाखत हुन सकेको छैन । दुर्घटनामा मुकेशका भाउजु सुष्मा चौधरी गम्भिर घाईते भएकी छिन् । घाइते सुष्माको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धराना रेफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ज.७ प. ५७१७ नम्बरको जनकपुर आउंदै गरेको पल्सर र विपरित दिशाबाट जाँदै गरेको ना.३६ प. ९३१९ नम्बरको डिस्कभर मोटरसाईकल हजरा चोकमा आपसमा जुध्दा दुर्घटना भएको हो ।
![]() |


ConversionConversion EmoticonEmoticon