Visited the UAE last four days, which was accustomed to these Of Death?


बुटवल, ११ भदौ - भिजिट भिसामा युएई पुगेर काम खोज्दै गरेका रुपन्देहीका एक युवाको मृत्यु भएको छ।

चार दिनपहिले पर्यटकीय भिसामा युएई पुगेका रुपन्देहीको ढेकावार-२ केरवानी छ नम्बर चौराह चोकका दीपेश सुनारको युएईमा ज्यान गएको हो। दुबईमा कार्यरत आफ्नै साथीको सहयोगमा काठमाडौंबाटै आफैंले निकालेको भिजिट भिसामार्फत चार दिनपहिले युएई पुगेका दिपेशको बिहीबार राति हृदयघातका कारण ज्यान गएको हो।

बिहीवार बेलुका युएईको आबुधाबीमा कार्यरत आफ्ना काका धनबहादुर सुनारलाई भेटी खाना खाएर सुतेका सुनारको शुक्रबार बिहान ३ बजे ज्यान गएको युएईमा रहेका पत्रकार उमाकान्त पाण्डेले जानकारी दिएका छन्।

मृतक सुनारको शव अहिले आबुधाबीमा रहेको खालिफा हस्पिटलमा राखिएको दलित सन्जाल युएईका अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिएका छन्। रोजगारीका लागि यसअघि रसिया गएका सुनार चार महिना पहिले बुवाको निधन भएपछि नेपाल फर्किएर युएई पुगेका थिए।

परिवारको पालनपोषणको जिम्मा लिएका सुनारको विदेशमा मृत्यु भएपछि शव नेपाल ल्याउन पहल गर्न परिवारले आग्रह गरेका छन्। मृतक दीपेशको परिवारमा आमा, गर्भवती श्रीमती र छोरा रहेका छन्।
Previous
Next Post »