More revenue than the actor

फोब्र्स पत्रिकाले२०१६को बिश्वकै सबै भन्दा बढि कमाई गर्ने उत्कृष्ट १० अभिनेताहरुको नाम सार्वजनीक गरेको छ । केहि दिन अघि फोब्र्सले सबै भन्दा बढि कमाई गर्ने अभिनेत्रीहरुको नाम सार्वजनीक गरेको थियो, भने अहिले आएर सबै भन्दा बढि कमाई गर्ने अभिनेताहरुको नाम सार्वजनीक गरेको छ ।


बिश्वकै सबै भन्दा अधिकतम कमाई गर्ने अभिनेताहरु मध्येमा ड्वेन जोनसोन एक नम्बरमा रहेका छन् । उनको कमाई ६४,५००,००० अमेरीकी डलर रहेको छ । त्यस्तै सर्बाधिक कमाई गर्ने अभिनेताहरुमा ज्याकी चेन दोस्रो स्थानमा रहेका छन् । उनको कमाई  ६१,०००,००० अमेरीकी डलर रहेको छ ।
यसरी बिश्वमै सर्बाधिक कमाई गर्ने अभिनेताहरुको लिष्टमा बलिउड अभिनेताहरु पनि पर्ने गरेका छन् । जस्मा शाहरुख खान र अक्षय कुमार रहेका छन् । शाहरुख खान सर्बाधिक कमाई गर्ने अभिनेताहरुको आठौं नम्बरमा रहेका छन् । भने उनको कमाई ३३,०००,००० अमेरीकी डलर रहेको छ । त्यस्तै अर्को सर्बाधिक कमाई गर्ने बलिउड अभिनेता अक्षय कुमारको कमाई ३१,५००,००० अमेरीकी डलर रहेको छ । उनि दशौं स्थानमा रहेका छन् । बिश्वको उत्कृष्ट कमाई गर्ने १० अभिनेताहरुको सुचि निम्नानुसार छन् ः

१.ड्वेन जोनसोनः ६४,५००,००० अमेरीकी डलर


२.ज्याकी चेनः ६१,०००,००० अमेरीकी डलर


३.म्याट डेमोनः ५५,०००,००० अमेरीकी डलर


४.टोम क्रुजः५३,०००,००० अमेरीकी डलर


५.जोन्नी डेपः४८,०००,००० अमेरीकी डलर

५.जोन्नी डेपः४८,०००,००० अमेरीकी डलर


७.भिन डाईसेलः३५,०००,००० अमेरीकी डलर




८.शाहरुख खानः३३,०००,००० अमेरीकी डलर


९.रोबर्ट डनी जेआरः३३,०००,००० अमेरीकी डलर


१०.अक्षय कुमारः३१,५००,००० अमेरीकी डलर


Previous
Next Post »